April 26, 2024

भरतपुरमा आज ७ घण्टा विद्युत अवरुद्ध

May 15, 2021

चितवन / भरतपुर महानगरपालिका भित्रका बिभिन्न क्षेत्रमा आज (शनिबार) ७ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय हेटौंडा चनौली बितरण केन्द्र अन्तरगतका बिभिन्न वडाहरुमा विद्युत अवरुद्ध हुने भएको हो ।
चनौली बितरण केन्द्रबाट बितरित रामपुर फिडरको सम्पूर्ण क्षेत्रको ११ के भि लाइन अती जिर्ण भई अत्यावस्यक मर्मत गर्नुपर्ने भएकोले भरतपुर महानगरपालिकाका वडा न १५, १९, २० भित्रका रामपुर बजार,चन्द्रनगर,शारदानगर हेल्थपोस्ट, क्याम्पस एरिया तथा मिलडाँडा क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको केन्द्रले जनाएको छ । केन्द्रले तोकिएको समय अघि नै काम सकिए विद्युत सेवा छिट्टै सुचारु हुने पनि कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -