स्पेनिस क्लबको पोल्टामा ‘युरोपा लिग’ फुटबलको उपाधि

0
35

एजेन्सी / युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब भिल्लारियलले उचालेको छ ।
बुधबार राति भएको फाइनलमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा पराजित गर्दै भिल्लारियलले उपाधि उचालेको हो ।
निर्धारित र थप गरिएको समयमा १–१ को बारबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । भिल्लारियलका लागि २९ औँ मिनेटमा मोरेनो तथा म्यानचेस्टर युनाइटेडका लागि ५५ औँ मिनेटमा एडिन्सन काभानीले गोल गरेका थिए । दुवै तर्फबाट थप गोल हुन नसकेपछि भएको टाइब्रेकरमा भिल्लारियल ११–१० ले विजयी भयो ।
भिल्लारियलको इतिहासमा उसले पहिलोपटक प्रमुख उपाधि उचालेको हो ।