March 29, 2024

गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

May 29, 2021

चितवन / गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । कालिका न.पा.–१ चतुर्मुखी सामुदायिक वनमा गैंडाको आक्रमणबाट शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा कालिका न.पा.–१ निवासी अन्दाजी वर्ष ५५ की तेजकुमारी सुनुवारको मृत्यु भएको हो । मृतक सुनुवार घाँस तथा न्यूरो खोज्ने क्रममा गैंडाको आक्रमण परी मृत्यु भएको उनले बताए ।
गैंडाले आक्रमण गरी घाइते भएकी सुनुवारलाई उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -