March 29, 2024

संक्रमितभन्दा निको बढी, ६६५३ मा संक्रमण, ८६६३ जना डिस्चार्ज

June 4, 2021

काठमाडौं / नेपालमा आज शुक्रबार थप ६६५३ जनामा कोरोना पुष्टि भएको छ । देशभरका प्रयोगशालामा पीसीआर परीक्षण भएका १४ हजार १८२ जनामध्ये ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ ।
त्यस्तै ८ हजार ६६३ जना संक्रमित निको भएका छन् । देभभर ७५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -