मकवानपुरमा आजदेखि तीन दिन विद्युत अवरुद्ध हुने

0
22

मकवानपुर / मकवानपुरको हेटौँडा, मनहरी र राक्सिराङ गाउँपालिकाका विभिन्न स्थानमा आजदेखि तीन दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा बितरण केन्द्रले एक सूचना जारी गर्दै युनिलिभर फिडर अन्तरगतको हेटौँडा–१९ वस्तिपुरदेखि मनहरीको लोथरसम्म तथा राक्सिराङ गाउँपालिकाको सम्पुर्ण क्षेत्रमा आजबाट तीन दिनसम्म विद्युत अवरुद्ध गरिने जनाएको हो ।
जेठ २३, २४ र २५ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म युनिलिभर फिडर अन्तर्गतको विद्युत प्रसारण अबरुद्ध हुने प्राधिकरणले सार्बजनिक सूचना जारी गरी जानकारी दिएको छ ।
युनिलिभर फिडर अन्तर्गतका विद्युत तारहरु जुनसुकै बेला चुँडिएर झर्न सक्ने र दुर्घटना हुन सक्ने भएकाले मर्मत सम्भार गर्न लागिएको हेटौँडा बितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए ।