March 29, 2024

काठमाडौं भित्रियो जर्मनीले पठाएको स्वास्थ्य सामग्री

June 8, 2021

काठमाडौं / जर्मनीले नेपाल सरकारलाई पठाएको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।
कोरोना महामारी नियन्त्रणमा सहयोग पुर्याउन जर्मन सरकारले उपलब्ध गराएको ६२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री आज नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।
परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले जर्मनीले उपलब्ध गराएको भेन्टिलेटरसहित ५ वटा आइसोलेसन टेन्ट, २० लाख ६८ हजार ५०० केएन ९५ मास्क, ४०० थान गमबुट, २९ हजार थान पल्स अक्सिमिटर, ३ करोड ३० लाख थान सर्जिकल मास्क र २५ हजार लिटर ह्याण्ड स्यानिटाइजर पठाएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -