March 29, 2024

चितवनमा निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने प्रशासनको तयारी

June 9, 2021

चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने संकेत दिएको छ । चितवनमा संक्रमित घट्दो र संक्रमणमुक्त दर बढेसँगै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने संकेत जिल्ला प्रशासन कार्यालय चितवनले दिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार नयाँ आदेश सरोकारवालाको बैठकपछि निर्णय गर्ने बताए । उनले सबै क्षेत्रबाट रिपोर्टिङ लिने काम भइरहेको र आज यसबारे निर्णय गर्न डिसिसिएमसीको बैठक बस्ने बताए ।
‘सबै क्षेत्रबाट सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ,’ उनले भने, ‘केही सहजीकरण भने पक्कै हुनेछ ।’ उनले जिल्लामा केही गतिविधि गर्न दिइनेगरी निर्णय गरिने बताए ।
‘अन्य जिल्लाको तुलनामा चितवनमा कोरोना संक्रमण दर घट्दो छ । तर जोखिम भने कायमै छ ।’ उनले भने । कोरोना नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा बढेसँगै पछिल्लो दिन संक्रमितभन्दा निको हुने दर उच्च हुँदै गइरहेको तथ्यांकले देखाएको छ ।
दोस्रो लहरको कोरोनाका कारण तेस्रो चरणको निशेधाज्ञा जेठ २७ गतेदेखि सकिदैँछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -