२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु

प्रकाशित मिति : २०७८ असार ३ गते

काठमाडौं / सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको छ । चिनियाँ कम्पनी सिनोफर्मसँग भएको सहमतिअनुसार मूल्य भने सार्वजनिक गरिएको छैन ।
स्वास्थ्य सेवा विभागसँग यसअघि नै सिनोफर्मले मूल्यलगायतका विषयमा ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ प्रस्ताव गरेको थियो । तर, विभाग आफैंले निर्णय गर्न नसकेपछि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको सीसीएमसी बैठकमा खोप खरिद प्रक्रियाबारे जानकारी दिनुभएको थियो ।
उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले खोप खरिद प्रक्रिया सुरु गरेको पुष्टि गर्नुभएको छ । उहाँले ४० लाख चिनियाँसँगै अमेरिकाको जोनसन एन्ड जोनसनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको जानकारी दिनुभएको छ ।
भारतले आफ्नै मुलुकमा संक्रमण उच्च भएकाले खोप निर्यात गर्न नसक्ने बताएपछि सरकारले चीनसहित तेस्रो मुलुकसँग खरिद प्रक्रिया अघि बढाएको हो । चीनले यसअघि पनि दुई लटमा १७ लाख डोज भेरोसेल खोप अनुदान दिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.17
177.86
UK Pound Sterling
1
205.06
205.87
Swiss Franc
1
194.20
194.97
Australian Dollar
1
108.85
109.27
Canadian Dollar
1
110.76
111.19
Singapore Dollar
1
119.34
119.81
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.10
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.31
16.37
Danish Kroner
1
23.71
23.80
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.28
406.87
Omani Rial
1
396.90
398.46