March 29, 2024

उपत्यकामा थप एक साता निषेधाज्ञा

June 20, 2021

काठमाडौं / कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ ।
आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताए ।
थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ । अहिलेको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायमै छ ।
काठमाडौंको अवस्था कस्तो छ ?
मुलुकमा अहिलेसम्म काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित फेला पर्ने क्रम जारी छ । काठमाडौं उपत्यकामा आइतबार ५४८ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना बिरामी पत्ता लागेका हुन् । जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकामा मृत्युदर पनि घटिरहेको जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -