कोरोना संक्रमित शव गाड्न अवरोध गरेपछि बक्राङबेसी दिनभर तनाबग्रस्त

0
60

गोरखा । गोरखामा कोरोना संक्रमितको शव गाड्न अवरोध गरेपछि बक्राङबेसी दिनभर तनाबग्रस्त बनेको छ । कोरोना संक्रमणबाट मृत्यू भएका ब्यक्तिको शव अन्त्येष्टी गर्न स्थानीयले अवरोध गरेपछि गोरखा नगरपालिका १२, १३ र शहिदलखन गाउँपालिका १ बक्राङबेसी शनिबार दिनभर तनबग्रस्त बनेको हो ।
अवरोधपछि प्रहरी र स्थानीय बिच दिनभर झडप भएको छ । बारम्बार सम्झाउँदा अटेर गरेपछि सात राउण्ड अश्रुग्याँस र बल प्रयोग गर्नुपरेको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।
शनिबार बिहान गोरखा अस्पतालमा मृत्यु भएका पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको शव दरौँदी र लुदी खोलाको दोभानमा गाड्ने तयारी भइरहँदा स्थानीयले कोरोना फैलन सक्ने भन्दै रोकेका हुन् । घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरी मृतकको शव व्यवस्थापन भइरहेको छ ।