March 29, 2024

हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते

June 28, 2021

झापा / जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका–३ की एक महिला घाइते भएकी छन् ।
भारतबाट आएको जंगली हात्तीको आक्रमणबाट स्थानीय ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घर नजिकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले आक्रमण गर्दा उनी घाइते भएका हुन् ।
उनको खुट्टा र टाउकोमा चोट लागेको र विर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केका अनुसार, गएराति बाहुनडाँगीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतबाट १६ वटा हात्ती नेपाल छिरेको छ । तीमध्ये १४ मेचीनगर–३ स्थित बहुवन सामुदायिक वन क्षेत्रमा रहेका छन् । दुई वटा हात्ती मेचीनगर–२ स्थित देवीगञ्जमा स्थानीयवासी हरि चम्लागाईं र नरेन्द्र न्यौपानेको चिया बगानमा रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -