March 28, 2024

ट्रकले स्कुटरलाई ठक्कर दिंँदा १ जनाको मृत्यु

July 8, 2021
Photo : Halkaro

चितवन / नारायणगढको पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंँदा एक जनाको मृत्यु भएको छ । स्कुटरमा सवार अर्का एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १५ स्कुटरमा सवार पछाडिपट्टिका विणु दवाडीको मृत्यु भएको छ भने सोही स्थानकी चालक जस्मिन न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार गैंडाकोटबाट चौबीसकोठीतर्फ जाँदै गरेको ना५ख ५८१६ नम्बरको ट्रकले सोही दिशातर्फ जादै गरेको ना५९प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते दवाडीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालक न्यौपानेको सोही अस्पतालमा उपचारत छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -