कोपा अमेरिकामा कोलम्बिया तेस्रो, भोलि ब्राजिल र अर्जेन्टिना भिड्दै

0
32
Photo Google

एजेन्सी / कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो हुन सफल भएका छन् । शनिबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफको ४५ औं मिनेटमा गोल गरी पेरुका योसिमर योटूनले खाता खोलेका थिए । योटुनको एक गोलले पछि रहेको कोलम्बियाका लागि जुआन कुआड्राडोले ४९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यस्तै लुइस डियाजले ६६ औं मिनेटमा गोल थप्दै खेलमा अग्रता पनि दिलाए।
उता पेरुका लागि जिआनलुका लपाडुलाले ८२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । प्रतिस्पर्धात्मक खेलको निर्णयात्मक गोल भने लुइस डियाजले इन्ज्युरी समयमा गरेका थिए। र, कोलम्बिया जारी सिजनको कोपा अमेरिका तेस्रो बन्न पुग्यो ।
समूह ‘बी’ बाट आएका कोलम्बिया र पेरु सेमिफाइनलमा क्रमश अर्जेन्टिना र ब्राजिलसँग पराजित भएका थिए । फाइनल खेलमा भोलि (आइतबार) बिहान अर्जेन्टिना र ब्राजिल प्रतिस्पर्धामा उत्रनेछन् ।