March 29, 2024

राप्तीमा कांग्रेसका वडाध्यक्षसहित ८५ एमालेमा प्रवेश

July 15, 2021
Photo : bulbul

चितवन / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारबाट बाहिरिए पनि नेकपा (एमाले) प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताए । चितवनको राप्ती नगरपालिकामा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ऐतिहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको मुख्यमन्त्री पौडेलले जिकिर गरे ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पौडेलले कुनै पनि दल आफ्नो बिचार र त्यसको कार्यन्वयनका कारण स्थापित वा विस्थापित हुने उल्लेख गर्दै बिचारको सही र सफल कार्यान्वयनका कारण एमाले पूर्णरुपमा स्थापित बन्न सकेको दाबी गरे ।
कार्यक्रममा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार जीतबहादुर तामाङका नेतृत्वमा ८५ जना एमालेमा प्रवेश गरेका छन् । सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामा लगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए ।
कार्यक्रम बागमती नेकपा एमाले राप्ती नगरपालिका वडा नं. १ कमिटी अध्यक्ष बिमलकान्त डल्लाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -