डान्स सेन्टर डेढ वर्षदेखि बन्द, संचालनका लागि अनुमति दिन रेनुको माग

0
333


चितवन / चितवन डान्स सेन्टरले गुरुपुर्णिमा पर्व मनाएको छ । गुरुपूर्णिमाको अवसर पारेर सबै शिष्यहरुले गुरुको पूजा तथा भक्तिभाव प्रकट गरी आज शनिबार मनाएको चितवन डान्स सेन्टरका प्रबन्ध निर्देशक रेनु तामाङले जानकारी दिए ।
प्रबन्ध निर्देशक रेनुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण भन्दै सरकारले सबै डान्स सेन्टर संचालनमा रोक लगाएको बताए । यस चितवन डान्स सेन्टर पनि डेढ वर्षदेखि संचालन हुन नसकेकाले समस्या जटिल बन्दै गएको उनले गुनासो गरे ।
सरकारले अब पनि डान्स सेन्टरलाई संचालनमा रोक लगाउने हो आगामी दिन विस्थापित हुनुको विकल्प नभएको उनले भनिन् । बन्द मात्रै समस्याको समाधान नभएको र स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर बिस्तारै संचालन गर्न पाउनु पर्ने उनको माग छ ।


सरकारले लगाएको रोकले देशमा धेरैजसो डान्स सेन्टरहरु बन्द नै भइसकेको अवस्था छ । अब पनि राज्यले यसतर्फ ध्यान केन्द्रित नगर्ने हो भने भविष्यमा केही बाँकी डान्स सेन्टरहरु पनि विस्थापित हुने निश्चित भएको उनले भनिन् ।
यसअघि गुरुपूर्णिमाको अवसरमा डान्स सेन्टरहरुमा दिनभरि नाचगान गर्ने, गुरुहरुलाई मिठो मिठो खानपान गराएर भव्यसँग मनाउने गरिएको पाइन्छ । अहिले कोभिड–१९ को विषम परिस्थितिले गर्दा न्यून संख्यामा उपस्थिति भएर मनाएका छन् ।
उक्त अवसरमा गुरु-शिष्यहरुबाट संयुक्त रुपमा भगवान नाटेश्वरीको पूजा आरधना तथा टिका र प्रसाद वितरण गरिएको थियो । शिष्यहरुबाट गुरुहरुलाई सम्मान स्वरुप खादा लगाई गुरुभाव प्रकट गरिएको थियो ।
कार्यक्रममा चितवन डान्स सेन्टरका प्रमुख नृत्य निर्देशक मनोज लामा, अल नेपाल भूपू संघका केन्द्रीय सदस्य लेकबहादुर पुन, नारायणी डेभलपमेन्टका सीईओ सूर्य चौधरी, नारायणगढ गोल्डेन जेसीजका सचिव रमा श्रेष्ठलगायतको उपस्थिति थियो ।