April 25, 2024

भरतपुरबाट नै सवारीचालक अनुमति नवीकरण

August 20, 2021

चितवन / सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण चितवनबाटै हुने भएको छ । नवनियुक्त बाग्मती प्रदेशका भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री केशवराज पाण्डेले भरतपुरलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको सुरुवाती निर्णय गरेको हो ।
नेपाल यातायात महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदीको नेतृत्वमा गएको टोलीसँगको भेटमा पाण्डेले उक्त निर्णय गरेको हो । उपाध्यक्ष सुवेदीका अनुसार भरतपुर यातायात कार्यालयबाट अब अनलाइन भुक्तानी पनि शुरु हुने छ । यसका लागि आवश्यक जनशक्तिको चाँडै नै व्यवस्थापन गरिने र उक्त जनशक्तिलाई तालिमको ब्यबस्था गरी काम शुरु हुने मन्त्री पाण्डेले बताएको सुवेदीको भनाइ थियो ।
भाडा समायोजनको निर्णय गरिनु पर्ने माग लिएर गएको नेपाल यातायात महासंघको टोलीसँग एक हप्ता भित्र भाडा समायोजनको निर्णय हुने बताएको सुवेदीले भने ।
भाडा समायोजनको माग तथा भन्त्री थापालाई बधाई दिन चितवनबाट सुवेदीको नेतृत्वमा महासचिव सरोज सिटौला , बद्रीप्रसाद पौडेल, शंकर गिरीलगायतको टोली हेटौंडा पुगेको थियो । साथै सो टोलीले बागमती प्रदेश प्रमुख अष्टलक्ष्मी शाक्यलाई समेत भेट गरी बधाइ तथा शुभकामना दिदै आफ्ना मागप्रति ध्यानाकर्षण गराइएको बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -