थरीथरीका प्रथाजन्य संस्था

0
43

–सुमी दर्लामी
आदिवासी जनजातिका प्रथाजन्य संस्थाहरुले स्वशासनको अभ्यास गरिरहेको यस्का अध्येताहरुले बताएका छन् । प्रथाजनित संस्थाहरुकै सक्रियताका कारण सम्बन्धित समुदायमा शान्ति, सुव्यवस्था कायम भएको र कतिपय समाजमा सामाजिक सद्भाव कायम राख्न सफल भएको पनि यस सम्बन्धि अध्ययन गर्ने अनुसन्धानकर्ताहरुको दावी छ ।
आदिवासी जनजातिका सवालमा अनुसन्धान गर्दै आउनु भएका अधिवक्ता डा. कुन्साङ लामाका अनुसार प्रथाजनित संस्थाहरु पुस्तान्तरणको प्रक्रियाबाटे संरक्षण हुँदै आएको छ ।
‘नेपालका आदिवासीहरुको परम्परागत संस्थाहरुमा गुरुङहरुको रोधी, थारुहरुको बरघर, तामाङहरुको चोहो, मगरहरुको भेजा अहिले पनि उनीहरुको थातथलोमा जिवन्त छन् ।’ डा लामाले भन्नु भयो–यस्ता संस्थाहरुले विशेषगरेर प्रकृतिक श्रोत साधनको व्यवस्थापन देखि स्वशासन कायाम गर्ने काम गर्छन ।
आदिवासीका वास्तविक प्रतिनिधि
प्रथाजनित संस्था आदिवासी जनजातिका वास्तविक प्रतिनिधिमूलक संस्था हुन् । आदिवासीहरुले स्वायत्तता, स्वशासन कायम गर्दै आफनो परम्परा, प्रथा र ज्ञानको संरक्षण गर्ने उदेश्यले पुस्तौ पुस्ता अभ्यासमा रहेको यस्ता संस्थाहरु नै वास्तवमा आदिवासीहरुको प्रतिनिधिमूलक संस्था भएको विज्ञहरुको ठहर छ ।
डा. लामाले यही प्रसंगमा थप्नु भयो ‘अन्तराष्टिय कानून खास गरेर आदिवासी जनजातिको अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय घोषणा पत्र (युएनड्रिप) र अन्तराष्टिय श्रम संगठन महासन्धि १६९ लगायतका राष्टसंघका दस्तावेजहरुले पहिचान दिएको आदिवासीको आधिकारिक संस्था प्रथाजनित संस्था नै हो ।’
फरक आदिवासीका फरक फरक प्रथाजनित संस्था जेपालमा पहिचान भएको छ । यस मध्ये आदिवासी थकालीको १३ मुखिया प्रणाली पनि एक हो । नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष कृष्ण कुमारी शेरभनले भन्नु भयो हाम्रो मूल थातथलो मुस्ताङमा कायम रहेको १३ मुखिया प्रणालीले समुदायमा आर्थिक समस्या देखि स्थानीय झै झगडाको निवारण गर्ने गरेको छ । उहाँले थप्नु भयो –मुस्ताङका थकालीहरुले अहिलेसम्म अदालतको ढोकामा जान परेको छैन ।
प्रथाजनित संस्थाको निर्णय स्थानीय प्रशासन र अड्डा अदालतले पनि स्वीकार गरेको थकाली सेवा समितिका पूर्ब अध्यक्ष समेत रहनु भएकी सेरचनको अनुभव छ । भन्नु हुन्छ ‘जिल्लामा प्रहरी चौकीहरु त छन् तर तिनले पनि कुनै घटना भएमा १३ मुखियामा जान सल्लाहा दिन्छन् । हाम्रा समुदायका सबैले १३ मुखियाले गरेको निर्णयलाई स्वकार गर्दै आएका छौ ।’
आदिवासीको प्रथाजनित संस्थालाई अन्तराष्टिय कानूनहरुले मान्इता दिएको संस्था हो । अन्तराष्टिय कानून बिशेष गरेर आइएलओ महासन्धी नम्बर १६९ तथा आदिवासीको अधिकार सम्बन्धि संयुक्त राष्ट संघीय घोषणा पत्र समेतले मान्यता दिएको अवस्था छ ।
थारुहरुको बरघरको फरक कथा
आदिवासी थारुहरुको प्रथाजनित संस्था बरघ्रको फरक इतिहास छ । यसलाई दाङतिर े घरधुरने र किसान पनि भन्ने गरिएको छ । तर बर्दिया तिर बरघरकै नामले परिचित छ । कतै भलमन्ुसा महत्वाह आदि नामले पनि सम्बोधन गरिन्छ ।
अधिवक्ता डा कुँन्साङ लामाको भनाइमा यीनीहरुको काम भने एकै प्रकारको छ । थारु समुदायमा परिवार संख्या धेरै हुने भएकाले परिवारमा सदस्यहरु बीच कामको विभाजनका लागि यस्तो प्रणाली सुरु भएको हुन सक्ने उहाँको
अनुमान छ ।
बरघरको प्रथाजनित संस्था गठन गर्ने प्रक्रिया पनि थकालीकै जस्तो गाउँभेलाबाट छनोट हुन्छ । ‘गाउँका प्रत्येक घर परिवारबाट परिवारका प्रमुख घरधुरने अथवा किसान, अगुवाहरुको भेला हुन्छ, यसैबाट बरघरको निमार्ण हुन्छ । यसलाई खिल अथवा जुटाङ भनिने रहेछ । नेतृत्व गर्ने व्यक्तिलाई मोहत्ववा भनिन्छ ।’ उहाँले भन्नु भयो ।
डा लामाको निचोड थियो ‘बरघरले मूलतः सामाजिक कार्यहरु गर्ने गर्दछ । बाटो निमार्ण, मर्मत तथा सरसफाई, पुर्वाधार विकासका कार्य समेत गर्ने गर्दछ ।’ उहाँहरुले कसैलाई विपत आइलागेमा सहयोग गर्ने काम गरेको पाएको छु डालामाले भन्नु भयो । ‘आगलागी वा अन्य प्रकोपबाट घरमा नेक्सान भयो भने समुदायकासबै मिलेर श्रमदान गर्ने प्रचलन छ । घरको छाना बनाई दिने, विवाह वर्तवन्ध र मृत्युसंस्कारका कार्यहरु लगायतका धैरै खालका कार्यहरु बरघरको सहयोग हुन्छ । अर्को महत्वपुर्ण कुराभनेको खेतीको समयमा सामुहिक निर्णय गर्ने काम बरघरबाट हुन्छ ।’ आफनो अध्ययनको निश्कर्ष सुनाउँदै उहाँको भनाई थियो ।
तामाङहरुको चोहो लोपोन्मूख अवस्थामा
नेपालका सबै अदिवासी जनजातिहरुको प्रथाजन्य संस्था भए पनि हाल केही आदिवासीमा यस्ता संस्थाहरु लोप भएर गएका छन् । उदाहरणका लागि तामाङहरुको चोहो प्रणाली अहिले अस्तित्वमा देखिन छोडेका अनुसन्धानकर्ताहरुको तर्क छ ।
तर अधिवक्ता कुन्साङ लामा भने तामाङहरुको चोहो प्रणाली लोप भई नसकेको बताउनु हुन्छ । चोहो प्रणाली रसुवामा जिवन्त छ । काभ्रेका तामाङ र रसुवाको तामाङ चोहो प्रणालीमा धेरै भिन्नता रहेको उहाँको दावी छ ।
तामाङहरु जहाँ रहे पनि आफनो सामाजिक क्रियाकलापमा चोहो छान्ने परम्परा छ । यसमा बुढापाका देखि वोन्वोसम्म र ताम्बा देखि समाजका सबै पक्षलाई समेटेर अस्थायी वा स्थायी कमिटि गठन गर्ने परम्परा नै चोहो परम्परा हो भन्ने दावी अर्का अनुसन्धानकर्ता रमेश योञ्जनको छ ।
‘रसुवाको चोहो प्रणाली र अन्य क्षेत्रको प्रणाली मिल्दैन । तर यीनको आधारभूत काम एकै हो । सबैभन्दा पहिले आफनो समाजमा मेलमिलाप गर्ने गराउने र आफनो संस्कृति तथा सभ्यतालाई निरन्तरता दिने नै यस्ता प्रथाजनित संस्थाको प्रमूख उद्देश्य हो ।’ योन्जनले जानकारी दिनु भयो ।
(साभारः इन्डिजिनियस फिचर सेवा)