March 29, 2024

पछिल्लो २४ घण्टामा थप १८५७ संक्रमित, २२२२ जना संक्रमणमुक्त

August 28, 2021

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा १८५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट १५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा संक्रमण पुष्टि भएको हो । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ५८ हजार ८ र एन्टिजेनबाट ८२ हजार ७९७ जना पुगेको छ ।
यस्तै, आज थप २२२२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ जना पुगेको छ । निको हुनेको दर ९३.७ प्रतिशत छ ।
आज संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ६६३ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -