मैत्रीपुर्ण फुटबल : नेपाल र भारत बराबरी

0
23

काठमाडौ / नेपाल र भारतबीचको मैत्रीपुर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा सम्पन्न भएको नेपाल र भारतबीचको मैत्रीपुर्ण फुटबल खेल १–१ गोलको बराबरीमा भएको थियो ।
खेलको पहिलो हाफ ३६ औं मिनेटमा नेपालका लागि अन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तैगरी दोस्रो हापको ५९ औं मिनेटमा भरतकालागि अनिरुध थापाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
निर्धारित समयमा दुबै टिमले थप गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो भने भारत र नेपालबिचको दोस्रो मैत्रीपुर्ण खेल आइतबार हुँदैछ ।