लायन्सचोकमा ट्रकको ठक्करबाट एकको मृत्यु

0
9

चितवन / नारायणगढको लायन्सचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दाङबाट जनकपुरतर्फ जाँदै गरेको ना ८ ख ६२४९ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको ना ३९ प २०९३ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।
प्रहरीका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका १० का ३१ वर्षीय युदुराज पौडेल रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक पौडेलको उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।