गैंडाकोटमा बस र ट्रक ठोक्कियो, तीन जनाको मृत्यु, २२ घाईते

0
15
Photo : Halkaro

नवलपुर / नवलपुरमा एकाबिहानै भएको सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन । पूर्व–पश्चिम राजमार्गमा स्थित गैँडाकोट नगरपालिका वडा नम्बर १० स्मृतिपुल नजिकै मंगलबार बस र ट्रक एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
प्रनाउ गिरीका अनुसार मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–८ का ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरका ४० वर्षीया रङ्गी तिरुवा र ३५ वर्षीय कृष्ण राना रहेका छन् । सुवेदीको भरतपुर अस्पतालमा, तिरुवा र रानाको चितवन मेडिकल कजेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै गम्भीर घाइतेहुनेहरुमा जुम्ला तिला गाउँपालिका वडा नं.–४ बस्ने वर्ष ३३ का टोपबहादुर शाही (टाउको, मुख र छातीमा चोट), बर्दिया वाँसगढी न.पा.वडा नं.–८ वस्ने वर्ष ८२ को डिल्लीराम सुवेदी (छातीमा भित्री चोट) र कन्चनपुर बेलपुर ९ बस्ने वर्ष ३२ का चित्रदेव लेखक, (टाउकोमा चोट) छन् ।
त्यस्तैगरी मध्य घाइतेहरुमा बस चालक कन्चनपुर जिल्ला कञ्चनपुर न.पा.–४ बस्ने वर्ष ४२ का लालवीर लोहार (छातीमा भित्री चोट), रुपन्देही वस्ने वर्ष २८ का सुरज अधिकारी (टाउको र कानमा चोट), झापाका वर्ष ३६ का मनकुमार श्रेष्ठ (हात र खुट्टामा चोट), कन्चनपुर झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा (पेटमा रगत जमेको), ट्रक चालक प्यूठान जिल्ला प्यूठान नगरपालिका–१० बस्ने वर्ष २७ का अमृतसिंह विष्ट (टाउकोमा चोट), सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.–७ वस्ने वर्ष ४२ का मनकुमार थापा (ढाड र छातीमा चोट), महोत्तरी बर्दिवास नगरपालिका वडा नं.–७ बस्ने वर्ष २३ का रमेश यादव (हात र खुट्टामा चोट) रहेका छन् ।
सामान्य घाइतेहरुमा झापा बाहुनडाँगी बस्ने वर्ष १६ का पारस ढकाल (हात र खुट्टामा चोट), मोरङ विराटनगर महानगरपालिका–३ बस्ने वर्ष २१ की पूजा रेग्मी (हात र खुट्टामा चोट), मोरङ विराटनगर महानगरपालिका–३ बस्ने वर्ष २८ का सरोज पोखरेल ८(हात र खुट्टामा चोट), कैलाली बस्ने वर्ष १६ की रोशनी अधिकारी (शरीरमा चोट), कन्चनपुर महेन्द्रनगर नगरपालिका वडा नं.–१ बस्ने वर्ष ४९ का मोहन कोइराला (पेटमा चोट), जुम्ला तिला गाउँपालिका वडा नं.–४ बस्ने वर्ष २६ को चन्द्रनाथ योगी (हात र खुट्टामा चोट), सुर्खेत वीरेन्द्रनगर नगरपलिका वडा नं.–४ बस्ने वर्ष ४० का रामबहादुर थापा (हात र खुट्टामा चोट), हुप्सेकोट वडा नं.–३ नवलपुर बस्ने वर्ष २६ की सबिना लिम्बु (खुट्टामा चोट), हुप्सेकोट –३ नवलपुर बस्ने वर्ष २ का जोशन सारुमगर (टाउकोमा चोट), पुरानो बेलहानी नवलपुर बस्ने वर्ष १८ की गंगा ओली (छाती र पेटमा चोट) रहेको प्रहरीले जनाएको छ ।
काँकडभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुप्र–०२–००१ख ११२३ नं को बस र पूर्वतर्फ जाँदै गरेको ना६ख ७१२६ नं को ट्रक आज एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु हुनुका साथै बस र ट्रकका चालकसहित २२ यात्रु घाइते भएका हुन् ।