नेपाली कांग्रेस १४औं महाधिवेशनमा जनजातिको तर्फबाट श्रेष्ठको उमेदवारी

0
27

चितवन / नेपाली कांग्रेस १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा सूर्यप्रसाद श्रेष्ठले उमेदवारी दिएका छन् । श्रेष्ठले नेपाली कांग्रेस १४औं महाधिवेशनमा चितवन क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि जनजातिको तर्फबाट उमेदवारी दिएका हुन् ।
उनले सही मूल्यांकन गरिने सवालमा कसैलाई पनि पछि पार्न नहुने बताए । काम र योगदानको आधारमा जनताले मूल्यांकन गरिनुपर्ने उनको धारणा छ । ‘जनताको सेवा गर्नु हाम्रो नैतिक जिम्मेवारी र कर्तब्यभित्र पर्न पाउँछ ।’ उनले भने, ‘सही मूल्याकंन जनताको मतमा हुनेछ भन्नेमा म विश्वस्त छु ।’
उनले पार्टीको उद्देश्य, लक्ष्य, कार्ययोजना सही रुपमा प्रस्तुत गरी जनताको हित र अनैतिक, कुरिति संस्कार हटाई अघि बढ्ने लक्ष्य भएको बताए । कांग्रेसको आफनै नीति, लक्ष्य कार्ययोजना र गरिमाको कारणवाट सर्वश्रेष्ठ पार्टी बनेको छ र सदैव बन्ने उनको भनाइ छ ।
श्रेष्ठ गोरखामा जन्मिनु भई साविक भरतपुर वडा नं ५ मा वसोवास गरी १ कार्यकाल बुथ सदस्य र २ कार्यकाल सचिव पदमा रही पार्टीको कार्य सक्रियताका निर्वाह गरेका छन् ।
वि.सं. २०६२/०६३ सालसम्मको जनआन्दोलनमा सहभागी तथा घाइते समेत हुनुहुन्छ । प्रतिगमन बिरुद्धको लडाइमा १९ पटक जेलनेल र गिरफतार भएका हुन् । जनआन्दोलन शहीद परिवार तथा घाइते समिति चितवनको अध्यक्ष भई जनआन्दोलन घाईतेहरुको आवाज उठाउँदै आएका छन् ।
उनी नेपाली कांग्रेस आदीवासी जनजाति संघ चितवन क्षेत्र नंं. ३ को क्षेत्रिय सभापति समेत भएको हो । उनले शैक्षिक योग्यता मानवीय संकायमा स्नातक तह साथै लेखापालतर्फ (स्नातकोत्तर तह)सम्म अध्ययन गरेका छन् । उनी कानुनका विद्यार्थी पनि हुन् ।
हाल एस.एण्ड पी.अडिटिङ कम्पनीको कार्यालय भरतपुर ११ बाइपास रोडमा संचालन गरिरहेका उनले विभिन्न सामाजिक संघसंस्थाहरुलाई सहयोग गर्दै आइरहनु भएको छ । आम्दानीको निश्चित रकम सामाजिक कार्यमा लगानी गर्दै आउनु भएका श्रेष्ठ सबैलाई आफ्नो अमूल्य भोट दिन आग्रह गरेका छन् ।