नेपालमा संक्रमित घट्दै, १०६६ जना थप

0
22

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको प्रेस ब्रिफिङमा थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरको परीक्षणमा पीसीआर विधिबाट ८ हजार ५४० र एन्टिजेन विधिबाट २ हजार ८१८ जनामा गरी १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८३ हजार ९१० र एन्टिजेनबाट ८८ हजार ८९० जना पुगेको छ । यस्तै, आज थप १२३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४७ हजार ८०० जना पुगेको छ ।
यस्तै कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २८ पुगेको छ ।