March 28, 2024

आठौं पटक भारत साफ च्याम्पियन

October 17, 2021

काठमाडौं / माल्दिभ्सको राजधानी मालेमा भएको साफ च्याम्पियनसिपको खेलमा भारत विजयी भएको छ । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग ३–० गोल अन्तरले शनिबार पराजित भएको हो ।
प्रतियोगिताको पहिलो हाफ निकै रोमाञ्चक बनेको खेल बराबरी सकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो । खेलको ४९औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने एक मिनेट वित्न नपाउँदै सुरेश सिंह वाङजेमले भारतको अग्रता दोब्बर बनाए ।
खेलको इन्जरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि सुनिश्चित गरे ।
नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो, जसमध्ये ८ सही दिशामा थियो । नेपालले भने सिंगो खेल अवधिभर जम्मा ६ पटक भारतीय पोष्टमा प्रहार गरेको थियो र त्यसमध्ये एउटा मात्र सही दिशामा थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -