भरतपुर गौरीगंजमा कागती खेतीबाट मनग्य आम्दानी गर्दै कंडेल

0
35

चितवन / संसारमा मानिसहरु कहिँ न कहिँ, कतै न कतै प्रेरणाको स्रोतले अघि बढेको कयौं उदाहरण हाम्रो समाजमा पाइन्छ । यी र यस्तै प्रेरणाको स्रोत बनेका छन् भरतपुर महानगरपालिका वडा नम्बर ८ गौरीगञ्जका ज्ञानहरि कंडेल ।
६ वर्ष पहिले बिदेश जाने सोच बनाएका कँडेल राहदानी (पासपोर्ट) बनाउनका लागि सिफारिस लिन जानुभन्दा अघिल्लो दिन साँझ ‘देशको माटो रम्न सके रम्छ नेपाल’ टेलिभिजन कार्यक्रमले उनलाई पूर्ण रुपमा मोडिदिएको छ । टेलिभिजनमा कागती खेती कार्यक्रम हेरेका उनी उक्त समयदेखि अहिलेसम्म पूर्ण रुपमा यसैमा समर्पित छन् । उनी कागती खेती कृषि कर्ममा पूर्ण रुपमा आकर्षित छन् । कागती खेतीले उसको जीवनमा पूर्ण रुपमा कायापलट नै भएको छ । हाल कागती खेतीबाट उसले मनग्य आम्दानी गर्छन् ।
उनले हाल ७ कट्टठा जमिनमा कागती गर्दै आएका छन् । टेलिभिजन कार्यक्रममा नेपालमा कागती लाखौको आयात हुने सुनेपछि बिदेशको यात्रालाई पूर्णविराम लगाउँदै यस व्यवसायमा लागेका हुन् ।
‘बिदेश जाने रहर होइन ।’ उनले भने, ‘साथीभाईहरु सबै विदेशमा भएकाले केही समय बिदेश जाउँ भन्ने लागेको थियो । तर पछि मन बद्लियो ।’ टेलिभिजन कार्यक्रम हेरेर प्रभावित बनेका उनी आफ्नै देशको माटोमा केही गर्नुपर्छ भन्ने लागेर कागती खेती सुरु गरेको स्मरण सुनाए । कँडेलले सुरुवातमा आफ्नो ७ कट्टठामा १ सय वटा कागतीका बिरुवा लगाएका थिए ।
‘महिनामा ४ क्विन्टल कागती बेच्छु, बजारको समस्या छैन ।’ उनले भने ‘करेसाबारीमै सुन फलेजस्तो लाग्छ, धेरै खुशी लागेको छ ।’ आजकल दैनिक २०–२५ केजी कागती टिप्ने गरेको उनले बताए । कागती अमिलो भए पनि फल गुलियो हुँदो रहेछ उनी खुशी हुँदै व्यक्त गर्छन्
मासिक सरदर रु ५० हजार कागती बेचेर कमाउन सफल भएको उनको भनाई छ । ग्राहक तथा व्यापारी घरमै आएर कागती लैजाने गरेको उनले बताए । खपत नभएका बेला कहिलेकाहिँ तरकारी तथा फलफूल मण्डीमा पु¥याउनु पर्ने भए पनि खासै बजारको समस्या नभएको उनको भनाइ छ ।
अन्य फलजस्तो केही दिनमै सड्ने, बिग्रने, चराहरुले बारीमै सखाप पार्ने समस्या नहुने भएकाले यो खेती गर्न सजिलो भएको उनले भने । उनले हेरचाह पुगे विदेशमा कमाइहुने पैसा कागतीले दिने उनको भनाइ छ । कागती खेती गर्नु अघि उनी हार्डवेयरको व्यापार गर्थे । उनी यस व्यवसायलाई बढाएर एक बिगाहामा पु¥याउने लक्ष्य रहेको बताउँछन् ।
अहिले उनले गरेको व्यवसायलाई कृषि अनुसन्धान निर्देशनालय लुम्ले कास्कीले अनुसन्धान केन्द्रको रुपमा विकास गरेको छ । केन्द्रका प्राविधिक अधिकृत (बागबानी) रेशमबहादुर बस्नेत यहाँको उत्पादन भण्डारण क्षमताको अनुसन्धानका लागि काम भईरहेको बताउँछन् । यहाँको उत्पादित कागतीलाई स्याङ्जामा लगेर स्टोर गर्ने गरेको उनको भनाई छ ।
अहिले यसको भण्डारण क्षमता १० देखि १५ दिनको भए पनि यसलाई अझै कसरी बढाउन सकिन्छ भन्ने बिषयमा अध्ययन सुरु गरिएको उनले बताए ।
कागती बहुगुण भएको सुन्तला प्रजातिको फल हो । भिटामिन सी प्रशस्तै पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाउने भएकाले कोभिड–१९ को पहिलो र दोस्रो चरणका बेला कागतीको खपत निकै बढेको थियो । मोटोपन घटाउन, मुटु, रक्तचाप, पत्थरी नियन्त्रण गर्न, छालाको सौन्दर्य बढाउन कागती उपयोगी मानिन्छ । हरेक दिन कागती पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।