भण्डारामा भिजेल सेन्टरको सम्मान तथा छात्रवृत्ति वितरण

0
22

भण्डारा / भिलेज कम्युनिटी सेन्टरले सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम गरेको छ । सेन्टरले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई एक कार्यक्रमका बीच सम्मान तथा छात्रवृत्ति वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि राप्ती नगरपालिका वडा–५ को वडा अध्यक्ष मेनुका पाठक रहेका थिए । प्रमुख अतिथि पाठकले वैज्ञानिक क्षेत्रतर्फ खोज र अनुसन्धान अनवरत रुपमा लागि परेका राप्तीका युवा सरोज प्रजा, कृषि क्षेत्रमा पशुपालनतर्फ चिरञ्जीवी पाठक, शिक्षा क्षेत्रमा बालबालिकाको समुज्वल भविष्यको लागि अनवरत मिना कुमारी सिटौलालाई सम्मान गरेको हो ।
उक्त सम्मान विन्ध्या सिलवाल नेउपानेद्वारा स्थापित इन्द्र–गगन स्मृतिबाट नगदसहित सम्मान–पत्र द्वारा सम्मान गरिएको हो ।
यस्तैगरी कार्यक्रममा भण्डारा माविका कक्षा १२ मा अध्ययनरत छात्रा प्रमिशा पराजुलीलाई छात्रवृत्ति वितरण गरिएको छ । उनलाई जेहेन्दार, मेहेनती र उत्कृष्ट विद्यार्थीको रुपमा छात्रवृत्ति वितरण गरिएको हो ।
राप्ती जे.सि.ज. का अध्यक्ष दिनेश सेढाइले राप्ती नगरपालिकाको कुनै पनि विद्यालयको एक जेहेन्दार, मेहेनती र उत्कृष्ट विद्यार्थीलाई +२ सम्म अध्ययन अध्यापनका लागि शैक्षिक सामग्रीसहित सहयोग गर्ने घोषणा गरे ।
कार्यक्रममा संस्थाको विगत र वर्तमान अवस्थाको बारेमा जानकारी दिइएको थियो भने स्थापनाकालदेखि नै पठनपाठन विकासमा नियमित दिएको बताइएको थियो ।
कार्यक्रम अकबहादुर मुक्तानको अध्यक्षता सप्पन्न भएको थियो । कार्यक्रममा राप्ती–५ का वडा सदस्य गोमा धरेल, भण्डारा माविका प्रअ कुमारसिंह लामा लगायत विभिन्न विद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।