ट्रेड युनियन महासंघमा पूर्णबहादुर थिङ चयन

0
11

चितवन / लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भातृ संगठन राष्ट्रिय ट्रेड युनियन महासंघको जिल्ला कमिटी गठन गरिएको छ । कालिका नगरपालिकामा औपचारिक कार्यक्रमको आयोजना गरी आइतबार ३८ सदस्यीय कमिटी गठन गरिएको हो ।
कमिटीको अध्यक्षमा पूर्णबहादुर थिङ, उपाध्यक्षमा शेरबहादुर स्याङ्ताङ, सचिवमा गुना घलान, सह सचिवमा किरण मोक्तान र कोषाध्यक्षमा सुनिता गुरुङ रहेकी छिन् ।
कमिटी घोषणा कार्यक्रमका प्रमुख अतिथि युनियनका केन्द्रिय महासचिव मलम लामाले श्रमिकको विषयमा बोल्नुपर्ने राजनैतिक दलका नेताले पछिल्लो समय एक अर्कालाई आरोप प्रत्यारोपतर्फ लागेकोमा दुःख ब्यक्त गरे ।
उनले देशमा श्रम ऐन लागुभएको श्रमिकले नै महसुस नगरेको अवस्थामा रहेको भन्दै युनियनले उद्योग श्रमिकको कब्जामा हुनुपर्ने बताए ।
कार्यक्रममा ट्रेड युनियन महासंघका सचिव खड्गबहादुर श्रेष्ठ, बागमती प्रदेश इन्चार्ज राजु गिरी, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रेमकुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।