चितवनमा लाइसेन्स नवीकरण कार्य सुरु

0
24

चितवन / यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले आज शनिबारदेखि औपचारिक रुपमा स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त स्मार्ट लाइसेन्स सेवाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा स्मार्ट लाइसेन्स वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले यातायातका निम्ति आवश्यक पर्ने भौतिक पुर्वाधार र जमिन प्राप्तीका लागि पहल गर्ने बताए । यातायातको क्षेत्रमा चुनौति छ, आवश्यक र सम्भावना पनि भएको बताउदै देशको केन्द्र बिन्दुमा भएको, सवारी क्षेत्रमा चाप बढेकोले यातायात सम्बन्धी सबै सेवा सुबिधा चितवनबाटै दिनु राष्ट्रको हितमा रहेको उनले भने ।
राष्ट्रकै यातायात सेवालाई ब्यवस्थित, अनुशासित र वैज्ञानिक तरिकाले परिचालित गर्ने केन्द्रबिन्दु चितवन भएको प्रचण्डको भनाइ थियो ।