March 28, 2024

‘प्रेस स्वतन्त्रताका लागि कटिबद्ध’ : अध्यक्ष प्रचण्ड

December 5, 2021

चितवन / नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन चितवनमा शनिबारबाट सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष प्रचण्डले प्रेस स्वतन्त्रताका लागि आफू कटिबद्ध रहेको बताए । उनले प्रेसमैत्री बनाउनका लागि यसअघि ल्याइएको विधेयक परिमार्जन गर्न पाँच दलीय गठबन्धत तथा प्रधानमन्त्रीसँग छलफल चलिरहेको बताए ।
यस्तै फरक प्रसंगमा उहाँले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्र हुने प्रष्ट पारे । महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गरे ।
उनले चितवनबाट एमाले मण्डलेहरुको मोर्चा पतन भएको आरोप लगाए । एमाले महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिदै त्यो सम्पूर्ण रुपमा असफल भएको दावी उनले गरे ।
यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रतालाई अंकुस लगाउने गरी लुम्बेनी, बाग्मती प्रदेशमा यसअघिको सरकारले ल्याएको मिडिया सम्बन्धी विद्येयक अहिलेको सरकारले पनि ल्याउन लागेको प्रति असन्तुष्टी पोखे ।
उनले श्रमजिविका मुद्धालाई पहिलो प्राथमिकतामा राखेर हलले विधान पारित गर्न प्रेस सेन्टरलाई सुझाव दिए । नेपाली समाजको रुपान्तरण प्रेस स्वतन्त्रताले गर्ने भएकाले प्रेस स्वतन्त्रता र राष्ट्रिय महत्वलाई ध्यानमा राखेर काम गर्नसमेत उनले आग्रह गरे ।
भरतपुरमा दुईदिनसम्म सञ्चालन हुने महाधिवेशनमा ७५ जिल्लाबाट ८ सय २ प्रतिनिधिको सहभागिता रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -