नदीजन्य उत्खनन् गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा

0
21

हेटौंडा / अवैध रुपमा नदीजन्य उत्खनन् गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । सोमबार जिल्लाको मनहरी गाउँपालिका वडा नं. ८ स्थित मनहरी खोलाबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा ७ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, प्रहरीले ना ५ त ९५४४, ना ६ त ४७९०, ना ५ त ७११२, ना ६ त २९१७, ना ५ त ५१३४, ना ६ त ५२३७ र ना ५ त ७०३१ नम्वरको ट्याक्टरले अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरी लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
सोमबार थप ७ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएसँगै मंसिर महिनामा ३२ वटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रिमालले बताए । नियन्त्रणमा लिएको ती ट्याक्टरलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायका पठाइएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीले आर्थिक वर्षको मंसिर १ गतेदेखि हालसम्म ३२ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।