चितवनका १७५ विद्यार्थीलाई एस एण्ड पी कम्पनीद्वारा पोशाक वितरण

0
37

–प्रमिला तामाङ
चितवन / भरतपुर ११ स्थित हिमालय आधारभूत विद्यालयमा अध्ययनरत १७५ जना विद्यार्थीहरुका लागि पोशाक ९ट्रयाक सु, टाइ, बेल्ट० वितरण गरिएको छ । एस एण्ड पी अडिटिङ कम्पनी भरतपुरले उक्त विद्यार्थीहरुका लागि बुधबार पोशाक वितरण गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक सूर्यप्रसाद श्रेष्ठले आफूले आर्जन गरेको केही अंश सामाजिक काममा लगाएको बताए । स्कूलका विद्यार्थीहरुको अवस्थालाई मध्यनजर गरी थोरै भए पनि सहयोग गरिएको उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा भरतपुर वडा नं। ११ का बाबुराम अधिकारीले अभिभावकहरुले आफ्ना बालबालिकाहरुको चिन्ता नगरेको बताए । उनले कम्तीमा पनि आफ्नो बालबालिकाहरुलाई थोरै भए पनि समय दिन आग्रह गरे । हामीले अहिले देखि नै उनीहरुको गतिविधिमा थोरै समय हामीले दिन सक्यौँ भने भोलिको दिनमा उनीहरु अब्बल भएर निस्कने उनले भने ।
भरतपुर वडा नं। १२ का वडाअध्यक्ष नरेन्द्र कन्दङ्वाले अडिटिङको काम गरेर पनि सामाजिक काममा सक्रिय भएको कम्पनीका श्रेष्ठलाई धन्यवाद व्यक्त गरेका थिए । यस्तै सामाजिक व्यक्तित्व र समाजसेवी मनकारीहरुको सोच र चिन्तनले गर्दा महानगरपालिकाको शैक्षिकस्तर उठ्ने उनले विश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ भण्डारीले विद्यार्थीहरुको कमीकमजोरी पत्ता लगाउन अभिभावकले पनि केही समय दिनुपर्ने बताए । विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो बनाउनका लागि अभिभावकको भूमिका पनि अपरिहार्य हुने उनको भनाइ थियो ।
विद्यालयमा अधिकांश निम्न आय, दैनिक ज्यालादारी, मजदुरी गर्नेका विद्यार्थीहरु अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक डिल्लीरमण तिवारीले जानकारी गराए । स्कुलको भौतिक सम्पत्ति सम्पन्न भए पनि अध्ययनरत विद्यार्थीहरुको अवस्था नाजुक भएको उनले जिकिर गरे ।
उक्त विद्यालय वि।सं। २०४० सालमा स्थापना भएको हो भने भरतपुर ११ नं। वडामा ७ वटा विद्यालय रहेका छन् ।