March 29, 2024

१०४ वर्षीया हलिउड अभिनेत्री हेभिल्याण्डको निधन

July 27, 2020

पेरिस । हलिउड अभिनेत्री ओलिभिया डे हेभिल्याण्डको १ सय ४ वर्षको उमेरमा निधन भएको छ ।
हलिउडमा ५० वर्षको करिअर बनाएकी ओलिभियाले ५० बढी फिचर फिल्ममा अभिनय गरेकी थिइन् । साथै आफ्नो समकालिन कलाकारमा उनी सबैभन्दा धेरै उमेर बाँच्ने कलाकार समेत हुन् ।
ओस्कारमा विजेता बनिसकेकी ओलिभिया १९६० देखि पेरिसमा रहँदैआएकी थिइन् । उनी बहिनी जोन फोन्टाइनसँग नजिक थिइन् ।
जोन पनि ओस्कार विजेता अब्बल अभिनेत्री हुन् । ओलिभिया सबैभन्दा धेरै वर्ष बाँच्ने ओस्कार विजेता कलाकार समेत बनिन् । उनको निधनमा थुप्रै हलिउडकर्मी तथा अन्य प्रतिष्ठिट व्यक्तिहरुले श्रद्धाञ्जलि दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -