थप दुइ सय ७४, डिस्चार्ज दुइ सय २७ जना

0
22

काठमाण्डौं / नेपालमा पछिल्लो २४ घण्टामा थप दुइ सय ७४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार पाँच सय ४७ पुगेको नियमित जानकारी गराउने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
पछिल्लो २४ घण्टामा दुइ सय २७ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यससँगै डिस्चार्ज हुनेको संख्या १४ हजार दुइ सय ४८ पुगेको छ ।
मन्त्रालयका अनुसार आज ६ हजार तीन सय चार जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर १३ हजार दुइ सय एक जना क्वारेन्टाइनमा रहेका छन् । आजसम्म पाँच हजार दुइ सय २७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।