मनसुनी वायुको प्रभावले ठूलो पानी पर्ने : महाशाखा

0
18

काठमाण्डौ / मनसुनी वायुको प्रभाव तथा मनसुनी न्यूनचापीय रेखा पूर्वी तराई नजिकै रहेकाले आज पनि केहि ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठकाअनुसार आज प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।
तर लगातारको झरी भने कतै पनि नहुने उहाँले जानकारी दिनुभयो । पर्सिसम्म हिजोअस्तिकोभन्दा थोरै पानी परे पनि मंगलबार र बुधबार भने केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।