March 29, 2024

भरतपुर अस्पतालका स्वास्थ्यकर्मीहरुमा संक्रमण, नियमित शल्यक्रिया सेवा स्थगित

January 23, 2022

चितवन / भरतपुर अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायतक कर्मचारीहरु धमाधम संक्रमित हुन थालेपछि जिओपिडी र नियमित अप्रेशन (शल्यक्रिया) सेवा बन्द गरिएको छ ।
अस्पताल प्रशासनले शनिवार एक सूचना प्रकाशित गरी जिओपिडी र नियमित अप्रेशन सेवा अर्काे सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको हो । सूचनामा आकस्मिक शल्यक्रिया सेवा भने २४ सैं घण्टा हुने जनाईएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार हालसम्म ७७ जना चिकित्सक, नर्स,स्वास्थ्यकर्मी लगायतक कर्मचारीहरु संक्रमित भएका छन् ।
उहाँले भन्नुभयो “अरु धेरैमा लक्षणहरु देखिएका छन् । थप संक्रमित हुने क्रम जारी छ ।” अस्पतालले सेवा लिन आउनुहुने सेवाग्राहीहरुले अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -