April 20, 2024

चितवनमा २८९ जना संक्रमित थप, १४६ कोरोनामुक्त

January 26, 2022
Coronavirus economic impact concept image

चितवन / चितवनमा १४६ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । यस संगै जिल्लाभर हालसम्म २७ हजार २३७ जना कोरोनामुक्त भएका छन् । त्यस्तै आज २८९ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा चितवनमा ८१९ जनाको कोरोना परिक्षण गर्दा थप २८९ जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर संक्रमितको संख्या ३१ हजार ४३३ पुगेको छ ।
यता, आज जिल्लाभर ३ हजार ७५८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३ हजार ७२० जना होम आइसोलेसनमा रहेका छन् भने ३८ जना अस्पतालमा उपचाररत छन् ।

- ADVERTISEMENT -