मन्दिर निर्माणका लागि १ लाख ५० हजार दान

0
44

भरतपुर / भरतपुर–५, नमूना टोल, नारायणपुरमा भीमसेनको मन्दिर स्थापना भएको छ । उक्त मन्दिरको ईश्वरकुमार श्रेष्ठले सोमबार उद्घाटन गरेका हुन् ।
नेवार जातिको गुठी, रितिरिवाज र परम्पराको समृद्धिको लागि सो मन्दिर निर्माण गरिएको गुठीका अध्यक्ष समेत रहेका श्रेष्ठले बताए । उनका अनुसार मन्दिर निर्माणका लागि स्वइच्छाले १ लाख ५० हजार दान गरिएको हो । स्व. बुबा सन्तमान श्रेष्ठ र स्व. आमा पदमकुमारी श्रेष्ठको स्मृति उक्त सहयोग गरिएको उनको भनाइ छ ।
स्वइच्छाले गर्ने सहयोगमा मेरो सानो उदाहरण मात्र भएको र आगामी दिनमा सबैले गुठी, धर्म र परम्परा संरक्षणको लागि सक्दो गर्नु हुन उनले अपिल गरेका छन् ।
श्रेष्ठ २०२२ सालमा गोर्खा खान्चोकबाट बसाई सराई गरी भरतपुर–७, उज्वलटोलमा बस्दै आएका छन् ।