March 28, 2024

कांग्रेसद्वारा देशव्यापी रुपमा विरोध प्रदर्शन

September 24, 2019

नारायणगढ । जनताको चाहनाअनुसार काम नगरेको भन्दै नेपाली कांगे्रसले आज मंगलबार देशव्यापी रूपमा विरोध ¥यालीसहितको विरोध सभा आयोजना गर्न लागेको हो ।
नेपाली कांग्रेस चितवनले केन्द्रीय समितिको निर्देशन बमोजिम विरोध ¥याली र सभा आयोजना गर्ने तयारी गरेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
‘सर्वसत्तावादी चिन्तन रहेको नेपाल कम्युनिस्ट पार्टीको कुशासन, विधिको उल्लंघन र ज्यादतीविरूद्ध आवाज उठाउन प्रमुख प्रतिपक्षी दल कहिल्यै चुक्दैन,’ चितवन सभापति जीतनारायण श्रेष्ठले भने, ‘जनतामाथि महँगी लादेर जनतालाई नै समस्यामा पार्ने रणनीति रचिरहेको छ । त्यसको विरूद्ध पनि नेपाली कांग्रेस सधैँ सजग रहन्छ ।’
देशमा भ्रष्टाचार, हत्याहिंसा, महँगी, मानव बेचबिखन, बलात्कारजस्ता जघन्य आपराधिक क्रियाकलाप झनै मौलाएको भन्दै त्यसको अन्य गर्न पनि नेपाली कांग्रेसले दबाब दिने उनको भनाइ छ ।
‘वर्तमान समयको कुरा गर्ने हो भने किसानले मल पाउन सकेका छैनन्,’ उनले भने, ‘वर्तमान सरकार जनताप्रति उत्तरदायी हुन्थ्यो भने गरिब किसानको समस्या समाधानतर्फ लागिहाल्थ्यो होला नि ।’ वाइडबडी, एनसेल करछलीलगायतका प्रकरणको टुंगो नलगाई त्यसलाई गुपचुप बनाउन खोेजेको उनले आरोप लगाए । ‘त्यसैले वर्तमान सरकारबाट जनताले न्याय नपाएको महसुस गरिरहेका छन्,’ उनले भने ।
गुठी जग्गा, धार्मिकस्थल तथा सार्वजनिक जग्गा संरक्षण गर्न पनि सरकारले आलटाल गरिरहेको कांग्रेसले जनाएको छ । शिक्षा, स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा रहेका समस्या समाधानमा समेत सरकार उदासीन बनेको सचिव उत्तम जोशीले बताए । ‘यस्तै–यस्तै विषयलाई लिएर नेपाली कांग्रेस चितवनले मंगलबार बृहत् विरोध ¥यालीसहितको सभा गर्दैछ,’ उनले भने, ‘बिहान ११ बजे भरतपुरको चौबीसकोठीबाट ¥यालीसहितको प्रदर्शन सुरू गरेर नारायणगढको पुलचोकमा सभा गर्ने कार्यक्रम छ ।’
कांग्रेसले पार्टीको सुदृढीकरण तथा क्रियाशीलताको लागि चरण–चरणमा कार्यक्रम गर्दै आएको छ । पहिलो चरणको अभियानमा कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म देशव्यापी कार्यक्रम गरेको थियो । सोहीअनुरुप दोस्रो चरणको १५दिने अभियान पनि मंगलबार समापन गर्न लागेको हो ।
दोस्रो चरणको कार्यक्रमलाई पनि केन्द्रीय समितिको निर्देशनअनुसार देशव्यापी बनाइएको कांग्रेसले जनाएको छ । मंगलबार चितवन कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रीय नेता बालकृष्ण खाँण आउने कार्यक्रम रहेको कांग्रेस चितवनका सचिव जोशीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -