March 29, 2024

चितवनका दुईसहित चार जनामा कोरोना संक्रमण पुष्टि

August 7, 2020

चितवन/ चितवनका दुई जनासहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिका–१ का दुई जना, पर्साको वीरगञ्जका एक जना र सर्लाहीका लालबन्दी–११ का एक जना गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुरका कोरोना संक्रमितहरु ४६ वर्षीय पुरुष र एक ३८ वर्षीय महिला हुन् । उनीहरु क्वारेन्टिन बाहिरका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -