लगातार वर्षा : बाढीले बगाउँदा ६ को ज्यान गयो, ११ जना बेपत्ता

0
130

अछाम / लगातारको वर्षा पछि आएको बाढीले बगाउँदा अछामको रामारोशन गाउँपालिकामा ६ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएका छन् ।
मृतकहरुको सनाखत हुन सकेको छैन ।
गएराति कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर – ५ सैनिबजारबाट बगाएका १७ जनामध्ये ६ जनाको शव कैलाशको विभिन्न ठाउँमा भेटिएको हो । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको कोसेडामा ४ जनाको र मंगलसेन नगरपालिका वडा नम्बर ३ को लमतणा र सेरीमा दुई जनाको शव भेटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झँकरबहादुर साउँदले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् । उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ जाने तयारीमा छ ।