‘सबै मिले संस्थाको विकास सम्भव’

0
207

भरतपुर । अथर्व बचत तथा ऋण सहकारी संस्थाले २१औं वार्षिक साधारण सभा शनिबार भरतपुरमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संस्था लि. (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेतले बचत तथा ऋण नेपालको दक्षिण एशियाकै उत्कृष्ट भएको बताए ।
कार्यक्रममा बोल्दै बस्नेतले २८ वटा उत्कृष्ट सहकारी मध्ये २४ वटा उत्कृष्ट संस्था नेपालको परेको उनको भनाइ थियो । एशियाली ऋण महासंघको साधारण सभा अर्को वर्ष नेपालमा हुने उनको जानकारी दिए ।
संस्था जन्माएर मात्रै हुँदैन, त्यसैलाई सबैजना अहोरात्र खटेर लैजान सके संस्थाको विकास हुने भरतपुर महानगरपालिका उपमेयर पार्वती शाहले बताए ।
कार्यक्रममा संस्थाकै कर्मचारीहरु सहायक व्यवस्थापक निलकण्ठ कोइराला र संस्थापक सदस्य उषा रानालाई सम्मान गरेको थियो । प्रमुख अतिथि बस्नेतलाई संस्थाले सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको थियो ।
कार्यक्रममा गणेश भट्टराईले कविता वाचन गरेका थिए भने भरतपुर महानगरका उपमेयर पार्वती शाह, जिल्ला सहकारी संघ चितवनका वरिष्ठ संचालक श्री भक्तिराम अधिकारी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष तेजेन्दबहादुर खड्का, फूलबारी साकोसका शिवप्रसाद तिवारीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।