हरेक शुक्रबार सरकारी कार्यालय वरपर १० मिनेट सरसफाई अभियान

0
42

काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगू नियन्त्रणका लागि अबदेखि हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाई अभियान संचालन गर्न आग्रह गरेको छ ।
यसवर्ष पनि डेंगूका बिरामी बढ्न सक्ने अनुमान गर्दै हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयका हाताभित्र र वरपर सरसफाई अभियान संचालन गर्न आग्रह गरेको हो ।
मन्त्रालयले बिहीबार पत्र जारी गर्दै डेंगू संक्रमण रोकथाम नियन्त्रणमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवालालाई आ–आफ्नो ठाँउबाट सहजीकरण र समवन्य गर्न आग्रह गरेको छ ।
गत वर्ष नेपालमा डेंगु संक्रमण हालसम्मकै अत्याधिक भएको र यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने भन्दै मन्त्रालयले सरसरफाई अभियान संचालन गर्न भनेको हो ।