मुग्लिन । इच्छाकामना गाउँपालिका वडा नं. ६, पाँचकिलोमा सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेण्ट संचालनमा आएको छ । सोल्टी भिलेजले राजमार्गमा यात्रा गर्नेहरुलाई नै लक्षित गरेर बिहीबारदेखि रेष्टुरेण्ट संचालन ल्याएको संचालक चित्र सोल्टीले जानकारी दिए ।
उनका अनुसार भिलेजमा विशेष गरेर नेपाली टिपिकल खाना, नेपाली खाना सेट, कोदो र मकैको ढिंडो खान पाइने छ भने गाउँघरको अग्र्यानिक सिस्नो पनि हप्तामा एक दिन खान उपलब्ध गराइने छ । यो सँगसँगै गाउँघरमै पालेको लोकल कुखुराको मासु, त्रिशुलीको लोकल माछा, बफ सुकुटी, सेकुवा पनि उनले बताए ।
होटलमा विशेषगरी जनजाती समुदायमा प्रचलित शुद्ध कोदोको तिनपाने जुस, छ्याङ, पूर्वको चर्चित तुम्बा र सुकुटी समेत हामी उपलब्ध हुनेछ । होटलमा विस्तारै इच्छाकामना र आसपासमा उत्पादन हुने लोकल कृषि उत्पादनहरु मह, बोडी, मासको दाल, बेसार लगायत वस्तुहरु समेत कोसेलीको रुपमा खरिद गरी लैजाने व्यवस्था हुने मिलाइने उनको भनाइ छ
सोल्टी भिलेज मुग्लिन बजारबाट नारायणगढतर्फ ५ किलो मिटर र नारायणगढबाट ३१ किलोमिटरको दूरीमा पर्दछ ।