एनएमबी बैंकको एटीएम सेवा ३ घण्टा बन्द

0
27

काठमाडौं / एनएमबी बैंक लिमिटेडको कार्ड र एटीएम सेवा एकदिन अबरुद्ध हुने भएको छ । बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बधी कार्य गर्न लागिएको भन्दै आज (सोमबार) रातिदेखि भोलि बिहानसम्म सेवा बन्द हुन लागेको हो ।
सो बैंकले ‘मिति २०८० जेठ १ गते सोमबार राति १०ः३० बजेदेखि २०८० जेड ०२ गते मंगलबार बिहान १ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटीएम सेवा अवरुद्ध हुने’ जनाएको छ ।