March 29, 2024

सिंहदरबारमा संसदीय सुनुवाइ विशेष समितिको बैठक जारी

May 30, 2023

काठमाडौं / संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सुरु भएको छ । संघीय संसद् सचिवालय, सिंहदरबारमा बैठक बसेको हो ।
बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित छन् ।
अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।
गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुङ्ग्याउन दलहरूलाई निर्देशन दिइसकेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -