March 29, 2024

बागमती प्रदेशको जनसंख्या ६१ लाख बढी

June 1, 2023

मकवानपुर / बागमती प्रदेशको जनसंख्या ६१ लाख १६ हजारभन्दा बढी पुगेको छ । प्रदेशको राष्ट्रिय तथ्याङ्क कार्यलय अनुसार, प्रदेशमा जनसंख्या ६१ लाख १६ हजार ८ सय ६६ पुगेको हो ।
प्रदेशमा पुरुषको संख्या ३० लाख ४८ हजार ६ सय ८४ र महिलाको संख्या ३० लाख ६८ हजार १ सय ८२ पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकृत राम प्रसाद थपलीयाले जानकारी दिए ।
उनका अनुसार, तथ्याङ्क अनुसार पुरुष ४९.८४ प्रतिशत र महिला ५०.१६ प्रतिशत रहेको छ । प्रदेशमा जनगणना २०७८ अनुसार पुरुष भन्दा महिलाको जनसंख्या बढी देखिन्छ । लैङ्गिक अनुपातमा प्रति सय महिलामा पुरुषको संख्या ९९.३६ रहेको छ ।
प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौंमा र सबैभन्दा कम रसुवा जिल्लामा रहेको छ । काठमाडौंमा २० लाख ४१ हजार ५ सय ८७ जना र रसुवामा ४६ हजार ६ सय ८९ जना रहेको तथ्याङ्क अधिकृत थपलियाले बताए ।
बागमती प्रदेशका १३ जिल्लाहरुमध्ये सबैभन्दा बढी लैङ्गिक अनुपात रसुवा जिल्लामा १०६.१० र सबैभन्दा कम लैङ्गिक अनुपात रामेछाप जिल्लामा ९०.३३ जनाको अक्सर बसोवास रहेको छ ।
जनघनत्व जनगणनाको नतिजा अनुसार जनघनत्व प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ । जुन २०६८ सालमा १८० मात्र थियो ।
भौगोलिक क्षेत्र अनुसार सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जनाप्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।
बागमती प्रदेशको जनघनत्व प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या ३०१ जना प्रति वर्ग किलोमिटर रहेको छ । जुन २०६८ को जनघनत्व बागमती प्रदेशमा सबैभन्दा धेरै जनघनत्व काठमाडौंमा ५,१६९ जना प्रतिवर्ग किलोमिटर र सबै भन्दा कम रसुवा जिल्लामा ३० जना प्रति वर्ग किलोमिटर रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -