चितवन / समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा चितवनको आज (बुधबार) प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन हुँदैछ । संगठनको भरतपुर ९ शरदपुरको फोर सिजन रेष्टुरेन्ट तथा पार्टी भेन्यूमा मंगलबार बसेको बैठकको निर्णय अनुसार उक्त कार्यक्रम गर्न लागिएको जिल्ला अध्यक्ष टिकादत्त तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार केन्द्रको परिपत्र अनुसार जेठ मसान्तभित्र अधिवेशन सम्पन्न गरी सक्नु पर्ने छ । जेठ २६ र २७ गते काठमाडौंमा हुने राष्ट्रिय अधिवेशनका लागि जिल्लाले अधिवेशन सम्पन्न गर्न लागेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य तथा हरि पराजुलीले उद्घाटन गर्ने भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहने पराजुलीले ब्यानरमा कलमले हस्ताक्षर गरी उद्घाटन गरिने बताइएको छ ।
बैठकको निर्णय अनुसार केन्द्रीय प्रतिनिधिको रुपमा रामु आचार्य र सरस्वती तामाङलाई पठाउने निर्णय गरिएको छ भने एक जना नयाँ कार्यसमितिबाट छनोट गरिनेछ । अध्यक्ष तिमिल्सिनाका अनुसार सहमतिकै आधारमा नयाँ कार्यसमिति चयन गरिने छ ।
यसअघि टिकादत्त तिमिल्सिनाको नेतृत्व सहितको एघार सदस्यीय तदर्थ समिति गठन भएको थियो भने केन्द्रीय निर्देशन अनुसार जेष्ठ मसान्तभित्र देशैभर जिल्ला शाखाहरुले पुर्नगठन गर्दैछ ।