April 19, 2024

चितवनमा भदौ १९ सम्म निषेधाज्ञा, दोश्रोपटक थप एकसाता

August 28, 2020

चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय पुनः एक साता थप गरेको छ । यस अघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय आज राती १२ वजे सकिदै छ । पहिलो पटक भरतपुर महानगर क्षेत्रमा साउन ३० गते रातीबाट निषेधाज्ञा जारी गरिएको थियो ।
पहिलो चरणमा भरतपुर महानगर क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा साउन ३२ गते माडी वाहेक जिल्लााका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको थियो । भदौ ५ गते देखि भने जिल्लाका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको छ । पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण वढ्दै गए पछि भदौ १९ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
निषेधाज्ञामा आधा कर्मचारीले सरकारी कार्यालयको आन्तरिक काम र बिहान १० वजेबाट १ वजे सम्म बैंक तथा बित्तिय संस्था संञ्चालन गर्ने गरी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
भरतपुर महानगर संगै रत्ननगर, कालिका, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

- ADVERTISEMENT -