२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

मेयर कप फुटबलको फाइनल आज

अमर मावि र विश्वप्रकाश मावि भिड्दै
प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते

चितवन / भरतपुर महानगरपालिकाको आयोजना तथा सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी मेयर कप फुटबलको उपाधि भिडन्त आज (सोमबार) हुँदैछ । उपाधिका लागि सोमबार अमर मावि र विश्वप्रकाश मावि भिड्नेछन् । खेल दिउँसो ३ः३० बजे भरतपुर ७ कृष्णपुरमा हुने सह आयोजक चितवन जिल्ला फुटबल संघले जनाएको छ ।

आइतबार सम्पन्न प्रि म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षकले फाइनलका लागि तयार रहेको बताएका छन् । अमर माविका प्रशिक्षक आइतराम गुरुङले आफूहरु नेचुरल खेल खेल्ने बताए । सेमिफाइनलमा अपेक्षित प्रदर्शन नभएको स्मरण गर्दै गुरुङले त्यसलाई फाइनलमा सुधार्ने बताए । उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

कप्तान बसन्त कुमालले प्रतिस्पर्धी टिमलाई कमजोर आँक्ने गल्ती नगर्ने आशय व्यक्त गरे । मेयर कपको उपाधि जितेर ईतिहास रच्ने योजना रहेको उनले बताए । आफ्ना खेलाडीहरु फाइनलका लागि उत्साहित रहेको उनको भनाइ थियो । उनले मेयर कपले खेलाडीहरुलाई राम्रो प्लेटफर्म दिएको भन्दै खुशी व्यक्त गरे । यसबाट धेरै खेलाडीहरु जिल्ला लिग र उमेर समूहको राष्ट्रिय टिम छनौटको बाटो खोल्न सफल हुने विश्वास व्यक्त गरे ।

विश्वप्रकाश माविका प्रशिक्षक सुरज गुरुङले सेमिफाइनलको कमब्याक जितले खेलाडीहरुलाई हौसला मिलेको बताए । महिनाभरी खेलाडीहरुले निकै मेहेनत गरेको भन्दै उपाधि जित्ने उनले विश्वास व्यक्त गरे । उनले अमर माविको अट्याक राम्रो रहेको भन्दै त्यसका लागि आफ्ना डिफेन्डर तयार रहेको बताए ।

- ADVERTISEMENT -

Advertisement

यस्तै उनले डिफेन्सिप र काउन्टर अट्याकमा जाने गरी मैदान उत्रिने बताए । खेलाडीहरुले यस अघि काउन्टर अट्याकमा नतिजा निकालेको भन्दै फाइनलमा पनि त्यसलाई निरन्तरता दिने बताए । विपक्षीको खेललाई आफूले राम्रोसँग अध्ययन गरेको उनको भनाइ थियो ।

कप्तान लक्की गायकले विपक्षीलाई कमजोर नआँक्ने तर उपाधि जित्ने रणनितिका साथ मैदान उत्रिने बताए । फाइनलमा आफ्नो शतप्रतिशत दिने उनको भनाइ थियो । उनले मेयर कपले खेलाडीलाई आफ्नो खेल देखाउने राम्रो मौका मिलेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.17
177.86
UK Pound Sterling
1
205.06
205.87
Swiss Franc
1
194.20
194.97
Australian Dollar
1
108.85
109.27
Canadian Dollar
1
110.76
111.19
Singapore Dollar
1
119.34
119.81
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.10
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.31
16.37
Danish Kroner
1
23.71
23.80
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.28
406.87
Omani Rial
1
396.90
398.46