March 29, 2024

अविरल वर्षाका कारण चितवनका विभिन्न स्थान जलमग्न

September 9, 2020

चितवन / अविरल परेका पानीका कारण भरतपुरका विभिन्न ठाउँहरु डुबानमा परेका छन् । बर्षायाम पानी निकास नहुँदा भरतपुर महानगरपालिकाको विभिन्न ठाउँहरु जलमग्न भएको हो ।
विगत वर्षहरु भन्दा यस वर्ष वर्षा बढी भएकाले भरतपुर महानगरपालिका वडा नम्बर ९, १०, ११ र १२ का अधिकांश स्थान जलमग्न भएका छन् । यी क्षेत्रबाट पानीको निकास व्यवस्थापन नभएका कारण जलमग्न भएको हो । भरतपुर महानगरपालिका–१० स्थित अधिकांश सरकारी कार्यालय जलमग्न भएका छन् ।
जिल्ला अदालत, मालपोत कार्यालय, शिक्षा कार्यालय लगायतका कार्यालय जलमग्न भएकाले ती कार्यालय जान यतिबेला जुत्ता फुकालेर लुगा सुर्किनुपर्ने बाध्यता छ । आज पनि परेको पानी कारण भरतपुर हाकिमचोकबाट दक्षिण पश्चिम क्षेत्रको सिर्जना चोक, अर्कीड कलेज क्षेत्र जलमग्न भएका छन् ।
जसका कारण सर्वसाधारणहरु सास्ती खेपेका छन् । पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा शहरी क्षेत्र डुबानमा पर्ने गरेको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखा पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकी डुबान हुने गरेको स्थानीयको भनाइ छ । भने यस क्षेत्रमा गरिने अव्यवस्थित प्लटिङ समेत यसको असर रहेको स्थानीय दिपक पाण्डेले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -